दशैँ अगाडिको अन्तिम दिन बढेरै बन्द भयो शेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार बढेरै बन्द भएको छ । शेयर बजार परिसुचक नेप्से ८.५४ अंकले उकालो लाग्दै १६०६.२६ अंकमा बजार बन्द भएको छ ।

०.५३ प्रतिशतले बढेको बजारमा नेप्से सुचक पनि १६ सय को अंक पार गरेको छ । यस्तै सेन्सिटिभ इन्डेक्स पनि १.९१ अंकले उकालो लाग्दै ३१८.५६ विन्दुमा बन्द भएको छ ।

बढेको बजारमा ४ समुहको परिसुचक भने ओरालो लागेको छ । होटल, जलविद्युत, जिवन बिमा र म्यूचल फन्ड समुहको परिसुचक १ प्रतिशत भनदा थोरैले घटेको छ । बाँकि सबै समुहको परिसुचक १ प्रतिशत भन्दा थोरैलेनै वृद्धि भएका छन् ।

१४ प्रतिशत लाभांश धोषणा गरेको कुमारी बैंकको १४ करोड १५ लाख ४५ हजार २ सय ३७ रुपैयाँको सर्वाधिक कारोबार भएको छ । दोस्रोमा एनआइसी एशियाको ९ करोड ८५ लाख ६९ हजार ८ सय ३५ रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर संख्याका आधारमा पनि कुमारी बैंक लिमिटेडको ५ लाख ९५ हजार ८ सय ७१ कित्ता शेयरको खरिदविक्रि भएको छ ।

बिहिवार २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जनरल एन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल फाइनेन्सको शेयर मूल्य ९.ड प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै माउन्टेन हाइड्रो लिमिटेडको शेयरमूल्य सर्वाधिक ३.६१ प्रतिशतले घटेको छ ।

बिहिवार १ सय ८७ कम्पनीको ३० हजार ३ सय २८ पटकको कारोबारमा ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयरको खरिदविक्रि हुँदा १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९ सय ९१ रुपैयाँ २४ पैसा बराबरको कारोबार भएको छ ।

बिहिवार कारोबारमा आएका कम्पनीमध्य ७४ कम्पनीको शेयरमूल्य बढ्दा ७४ कम्पनीकै शेयर मूल्य घटेको छ बाँकि २० कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?