काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटको दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूलाई लक्षणबिना र श्रीमती तारा मानन्धरमा लक्षणसहित कोरोना संक्रमण देखिएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै आफूले बितेको १० दिन यता कसैसँग पनि भेटघाट नगरेको जानकारी दिएका छन् ।
तर उनका दुवै छोराहरुको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्
“मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया