गैडाको खागसहित एक शिक्षक पक्राउ

काठमाडौं । संरक्षित बन्यजन्तु गैडाको खागसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा ७ घर भइ हाल काठमाडौं कपन बस्दै आएका ४९ वर्षीय राजेन्द्र रिमाल रहेका छन् ।

गैडाको खाग अवैध रुपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा  गएको अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौं महानगरपालिका वडा नं ६ स्थित चुच्चेपाटी पासाङल्हामु चोकबाट उनलाई पक्राउ गरेको छ ।

उनको साथबाट बिक्रि गर्न लागिएको खाग समेत बरामद गरिएको महाशाखाका सूचना अधिकारी, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

शिक्षण पेशामा समेत आवद्ध रहेका रिमाललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०४९ अन्तर्गत कारबाही गरिने कार्कीले जानकारी दिए ।

बरामद गरिएको खाग थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?