कुमारी बैंकको १४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ को कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ३ प्रतिशतले बढेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?