बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने अवधि थप

काठमाडौं । केन्द्रीय बैंकले अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने अवधि थप गरिदिएको छ ।

बैंकले सूचना जारी गर्दै बैंक वित्तीय संस्थालाई चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने समय थप गरेको हो ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्ने म्याद कात्तिक मसान्तसम्म कायम गरिएको छ ।

बैंक तथा वित्तीय वित्तीय संस्थाले हरेक त्रैमास अन्त्य भएको १५ दिन भित्र अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्नु पर्ने व्यवस्था छ । बुधबारको नयाँ व्यवस्थाले बैंक वित्तीय संस्थाले थप १५ दिन समय पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?