छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीलाई नै प्राथकिता दिर्नुपर्ने भन्दै कम्पनीले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन भनेको छ ।

संस्थापक शेयर खरीद गर्न तोकिएको समयमा निवेदन नआएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिहरुलाई विक्री गर्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?