नयाँ बसपार्कलाई यसपालि लागेन दशैँ (फोटोफिचर)

काठमाडौं । नेपालीको महान पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणका कारण ६ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेको हो ।

विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ ।

हेर्नुहोस् सुनसान बसपार्क :

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?