राजविराजस्थित कल्टुपोखरीमा डुबेर वृद्ध बेपत्ता

राजविराज, ५ चैत । सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टुपोखरीमा आज दिउँसो एकजना वृद्ध डुबेर बेपत्ता भएका छन् ।राजविराज नगरपालिका–४ निवासी ५० वर्षीय मोहम्द साह आलम मियाँ पोखरीमा बेपत्ता भएको स्थानीय अकाश झाले बताए ।यता बेपत्ता मियाँलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासी अहिले खोजीमा कार्यमा जुटेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?