मुस्कुराएनन् ओठ, दशैँ आयो !

काठमाडौं । नेपालीहरुको महान पर्व दशैँ भन्नेबित्तिकै खानपिन, नयाँ लुगा, टीका, दक्षिणा, पिङ, आशीर्वाद आदि बुझिन्थ्यो । तर कोरोना महामारीका कारण अहिले दशैँ मनाउने शैली फेरिएको छ । अहिले स्वास्थ्य मापदण्ड अपनाउदै चाड पर्व मनाउनु पर्ने अवस्था छ ।

दशैँ नेपालीहरुको महान चाड मात्र होइन कि, चाडपर्वको पनि महान चाड हो । किनकि दशैँको दिन एकसरो कपडा भए पनि राम्रो र नयाँ लुगा लगाउने तथा मिठो खाने प्रचलन यथावत छ ।

त्यसकारण दशैँ र तिहारलाई अन्य चाडपर्वहरुको भन्दा बढी महत्व दिइएको पाइन्छ । संस्कृति विद्हरु भन्छन्, ‘अझै पनि दुर्गम ग्रामीण क्षेत्रमा बसोवास गर्ने नेपालीहरुका लागि दशैँ आउनु नै खान पिउनकै लागि हो ।’

शहर बजार गाँउघरमा पनि दशैको रौनक छाइसकेको छ । बजारमा मानिसहरुको अन्य वर्षमा झै धेरै भीडभाड नभएपनि केहि चहल पहल भने छ । मानिसहरुको मुखमा मास्क छ । हातमा सपिङ्ग गरेको झोला छन् ।

दशैँको बेला पनि मानिसहरु उत्साहित देखिदैनन् पहिले वर्षहरुमा झै खुशी हासो उमङ्ग छैन कारण हो कोरोना महामारी । यसैबीच हामीले काठमाडौंको असन इन्द्रचोक आसपासका क्षेत्रमा स्वास्थ्य मपदण्डलाई मध्येनजर गर्दै सपिङ्ग गरन हिडेका मानिसहरु तस्वीर प्रस्तुत गरेका छौंँ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?