दशैँमा दिइने बलि प्रथाको बारेमा के भन्छन् नेपाली सेलिब्रेटी ?

काठमाडौं । जब–जब दशैँ नजिक आउँछ, तब नेपालमा हुने बलि प्रथाको विदेशमा समेत विरोध हुने गर्दछ । पछिल्लो केही वर्षयता पशु अधिकारकर्मीहरुले दशैँमा बलि प्रथाको विरोध गर्न शुरु गर्न थालेका छन् । अर्कातिर दशैँको मुखमा विरोध गर्नेमा सबै शाकाहारी नहुने, मासु खाएर बलि प्रथाको विरोध गरेर सतहमा आउन खोज्ने भन्दै बलि प्रथाको विरोध गर्नेहरुलाई अर्काथरीले विरोध गर्ने गर्छन् । वर्षभरिमा सबैभन्दा बढी बलि प्रथाको विरोध दशैँमा नै हुने गर्छ । यद्यपि पशुको काटमार भने वर्षैभर भइरहन्छ ।

एकातिर विरोध र अर्कातिर समर्थनका बीच बलि बलि प्रथा र दशैँको महत्त्वका बारेमा केही कलाकारलाई सोधेका थियौँ ।

प्रायः सेलिब्रेटीले आफूहरु बलि प्रथाको विरोधमा भएको बताएका थिए । तीमध्ये निकै कम मात्र शाकाहारी थिए । दशैँ र बलि प्रथाबारे के भन्छन् त कलाकार ?

प्रियंका कार्की, नायिका:priyanka karki – Tokyo Shooter

दशैँ चाडमा प्रियंका कार्कीलाई खासै महत्त्व छैन । पहिले टीका लगाउने चलन मुख्य हुन्थ्यो भने अहिले परिवार भेट्दा रमाइलो हुन्छ । यसपालिको दशैँमा चाहिँ उनको परिवारसँग नै हुने उनले बताइन् । बलि प्रथाका बारेमा भने उनी विरोध जनाउँछिन् । तर उनी मासु नै खाँदै नखाने होइनन् । ‘बलि प्रथाको म चाहिँ विरोधी नै हो, चिकेन बाहेक अरु मासु खाँदिन ।’, उनी भन्छिन् ।

जितु नेपाल, हास्यकलाकार:

Jitu Nepal | Mundre | Biography, Age, Height, Family, Facts, Wife

जितु नेपालका लागि चाहिँ दशैँ महान चाड हो । सोह्र श्राद्ध गरेर मृत आत्माहरुलाई सम्झेपछि मात्र देवीको पूजा गरिने भएकाले उनलाई दशैँ अझ विशेष लाग्छ । उनलाई दशैँले परिवारबीच एक–आपसमा मेल गराउँछ भन्ने लाग्छ । दशैँमा लगाउने टीकाको पनि महत्त्व भएको जितु बताउँछन् । बलि प्रथामा चाहिँ जितुले पनि विरोध गर्ने गर्छन् । ‘बलि प्रथाको म ठूलो विरोधी हुँ, यसकारण म हुनुहुँदैन, बलि दिएर भगवान् खुशी हुन्छन् भन्ने छैन, मैले आजसम्म केही मारेको छैन ।’, जितु सुनाउँछन् ।

जितु शाकाहारी चाहिँ होइनन् । ‘मैले मासु खान्न भन्ने छैन, तर बलिप्रथाको घोर विरोधी हुँ, बिस्तारै शाकाहारी हुने योजना बनाइरहेको छु’, उनी भन्छन्, ‘मासु त खान्छु तर आफै काटेर खाँदिनँ ।’

खगेन्द्र लामिछाने, अभिनेता : 

Lamichhane starrer Dhanpati in production

अभिनेता खगेन्द्र लामिछानेलाई दशैँको रौनकले खासै छोएको छैन् । पहिलेजस्तै दशैँको अवसर पारेर घुम्ने डुल्ने समय नभएका कारण घरमै बसेर चाड पर्व मनाउने योजनामा छन् खगेन्द्र । बलि प्रथा मलाई मन पर्दैन् । बलि प्रथा हुनु हुँदैन भन्ने पक्षमा छु ।

दीपेन्द्र के खनाल, निर्देशक:

Dipendra K Khanal denied to take Best Film Award - Filmy Joy

दीपेन्द्र के। खनाल पनि बलि प्रथाको चाहिँ बलि प्रथाको विरोधी भएको स्वीकार्छन् । ‘बलि प्रथामा धर्म जोडिएपछि खुलेर विरोध गर्न नमिलेजस्तो हुँदो रहेछ, यो कसैले तत्काल हटाइहाल्न चाहिँ सक्दैन, अहिले गलत हो भनेर हटाउन सम्भव छैन ।’, खनाल भन्छन्, ‘बिस्तारै बलि प्रथालाई कसरी हटाउने भन्नेबारेमा चाहिँ सोच्नुपर्छ, समयअनुसार परम्परा बदल्नुपर्छ ।’
बलि प्रथाको विरोध गरे पनि दीपेन्द्र शाकाहारी भने होइनन् ।

कमल देवकोटा, कलाकार:

कलाकार कमल देवकोटा मांसाहारी हुन् तर उनी बलि प्रथालाई चाहिँ नकारात्मक रुपमा हेर्छन् । ‘बलि प्रथा त्यति राम्रो देखिँदैन, यसलाई सकेसम्म कम गर्दा ठीक हुन्छ भन्ने लाग्छ, मासु चाहिँ खाइन्छ ।’, उनी भन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?