बाँके । सर्वसाधारणलाई धाकधम्की दिई चन्दा असुली गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालिकोट त्रिवेणी गाउँपालिका-९ घर भएका ३० वर्षीय राम तिरुवा र कालिकोट नरहरीनाथ गाउँपालिका-६ घर भएका भरत बिक रहेका छन् ।
तिरुवा र बिकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया