दशैँ बिदामा कुन पुस्तक पढ्ने ? यी पुस्तक जसले तपाईलाई सुक्क सुक्क रुवाउँछ, पेट मिचिमिची हँसाउँछ !

काठमाडौं-  ‘पढ्नु भनेको कुराकानी गर्नुजस्तै हो । सबै पुस्तकहरुले कुरा गर्छन् तर उत्कृष्ट पुस्तकले सुन्छ पनि ।’
यो भनाई मार्क ह्याडनको हो ।

कि पढेर जानिन्छ कि परेर भन्ने नेपाली उखानै छ । तर परेर जान्दा धेरै कुरा बिग्रीसकेको हुन्छ ।त्यसैले अधिक पढ्नुपर्छ ।

पुस्तक असल मित्र, सुख र दुःखको साथी हो । जीवन र समाज लाई बुझ्न होस् या बदलिदो आर्थिक सामाजिक व्यवस्थालाई नियाल्न पुस्तकले मद्दत पु-याउँछ । त्यसैले पुस्तक ज्ञानको भण्डार । जीवन जिउने आधार देखि जीवन जिउन सिकाउने प्रेरक पनि हो ।

चर्चित ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागर सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् किताब यस्तो होस्, पढ्ने मान्छेलाई लागोस् एउटा छोटो समयको साथी, सबैभन्दा लामो र मिठो सम्झना दिएर गयो ।
किताव यस्तो होस्, पढ्नेलाई लागोस्–एउटा छोटो समयको साथी, सबैभन्दा लामो र मीठो सम्झना दिएर गयो ।’

यसअर्थ पनी निरन्तरजसो पढ्ने लत लागेकाहरुले भन्ने गरेका छन् कि मेरो सबैभन्दा असल साथी मेरो पुस्तक हो । पाठ्यक्रम मार्फत पढ्ने नभई पत्रपत्रिका, तथा विभिन्न साहित्यिक तथा विज्ञान, दर्शन आदि किताब पढ्नाले विचारको उत्पत्ति हुन्छ, सृजनात्मक क्षमता बढ्छ र संसारलाई हेर्ने दृष्टिकोण समेत बदलिन सक्छ । त्यसैले यो पढाई सिकाइ तथा सृजनाको माध्यम हो ।
तर पछिल्लो समयमा केटाकेटी, युवा र वृद्ध तीनै वर्गका पुस्ताहरुले मोबाइल, कम्प्युटर र इन्टरनेटका कारण पढ्ने बानी घटाउँदै लगिरहेका छन् । इन्टरनेटभित्रका राम्रा र उपयोगी सामग्रीहरु पढ्नुभन्दा पनि सामाजिक सञ्जालमा एकोहोरो भईरहने बानी बढ्दै गएको छ, पछिल्लो पुस्तामा प्रयोगकर्तामा। कतिपयलाई त यसैको लत पनि भईसक्यो । युट्युवमा निरर्थक भिडियो हेरेर समय र जीवन व्यर्थ खेर फाल्नेको संख्या लाखौँमा होइन करोडौंमा छन् । र यो बढीरहेको छ ।

अध्ययन, चिन्तन र ध्यान मानिसका लागि महत्वपूर्ण पक्ष हो । मानिसले निरन्तर पढ्नुपर्छ । जसले जति बढि अध्ययन गयो, उ त्यति नै माथि गएका उदाहरण हाम्रो समाजमा प्रशस्त छन् । तपाईंले जति पनि सम्पन्न मानिस देख्नु भएको छ, उनीहरु पढ्छन् । सफल मानिसको सफलताको रहस्य नै अध्ययन हो ।

विश्वप्रशिद्ध साहित्यकार थोरोले पनि भनेका छन्, ‘पुरानो कोट लगाउ नयाँ पुस्तक किन ।’

यसको अर्थ च्यातीएको लुगा लगाएर हिँड भन्न खोजेको होइन तर आफूले कमाएको केही रकम पुस्तकको लागि छुट्याउ वा नयाँ लुगा र पुस्तकमध्ये एक छान्नुपर्दा भन्न खोजेको हो ।

हिन्दू नेपालीको महान् पर्व दशैँको माहोलले छपक्कै छोपेको छ । अरु बेला व्यस्थ दैनिकीले गर्दा गाउँ फर्किन नपाएका धेरै नेपाली गाउँ फकिने क्रम पनि जारी छ । तर यसपटक कोरोना भाइरस ‘कोभिड – १९’ को कारण मानिसहरु पोहोर /परार जस्तो गाउँ फर्कन सकेका छैनन् । बरु जो जहाँ छन् त्यहिँ नै सुरक्षित रहनुपर्छ भनेर सरकारले गरेको अनुरोधलाई नागरिकले अबलम्बन गरेका छन् । जे होस् सबैभनदा लामो छुट्टी हुने चाड दशैमा अघिल्लो वर्षहरुमा जस्तो गफगाफ गर्ने, खेल्ने, घुमफिर गर्ने माहोल छैन । यसकारण कोरोना जोखिमबाट पनि सुरक्षित रहने र समयको पनि सदुपयोग गर्ने उपाय किन नअपनाउने त ।

लोकपथ डटकमले यहाँ विभिन्न किताबहरु राखेको छ, जुनबाट तपाईले जीवनलाई थोरै भएपनि बुझ्न सक्नुहुन्छ ।

चिना हराएको मान्छे हरिवंश आचार्य

चिना हराएको मान्छे नेपाली हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो । पुस्तक आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अन्य विषयलाई समावेश गरिएको छ । यस पुस्तकले जीवन आउने समस्यालाई सामना कसरी गर्ने यसले सिकाउँछ ।

सेतो धरती, करोडौँ कस्तुरी अमर न्यौपाने

सेतो धरती मदन पुरस्कार प्राप्त कृति हो सेतो धरती । अमर न्यौपानेको २०६८ सालमा प्रकाशित ‘सेतो धरती’ उपन्यास बाल्यकालमै विधवा भएर जीवनभर व्यथित जीवन जिएकी नारी ताराको करुण कथामा आधारित छ । उपन्यासकी नायिका ताराको ७ वर्षको उमेरमा विवाह गरि दिइएको छ । उसले ९ वर्षको उमेरमै विधवाको जीवन सुरु गर्नु परेको छ ।छोरी मान्छेको कठोर संघर्ष र प्रताडनाको विषयमा केन्द्रित छ, उपन्यास ।

करोडौं कस्तुरी यस उपन्यासमा करोडौँ निमुखाहरू कस्तुरीले जस्तै बिना चिन्न नसकेर जीवनभर असफल भएको घोषणा गर्न विवस सन्दर्भ मिहिन ढंगले केलाइएको पुस्तक हो । कलाकार हरिवंश आचार्यलाई नायक बनाइएको यस पुस्तकमा वनको कस्तूरी, जो आफ्नै नाभीमा भएको बिनाको सुगन्ध पनि कहाँबाट आयो भन्ने थाहा नपाएर फूलबाट आयो कि पातबाट आयो, माटोबाट आयो कि पानीबाट आयो भनेर खोज्दै भौँतारिइरहन्छ । कहाँबाट सुगन्ध आएको हो भन्ने थाहा नपाएरै कस्तूरी मर्छ । तर, मानिस त्यस्तो कस्तूरी हो, जसले आफ्नो जीवनको सुगन्ध थाहा पाउने क्षमता राख्दछ । क्षमता राख्दाराख्दै पनि करोडौँ कस्तूरी आफ्नो जीवनको सुगन्ध थाहा नपाएरै मरे । करोडौँ कस्तूरी, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर बाँचिरहेछन् । यहि परिवेशमा केन्द्रित छ, उपन्यास ।

जीवन काँडा कि फूल – झमक घिमिरे मदन पुरस्कारप्राप्त

जीवन काँडा कि फूल झमक घिमिरेद्वारा लिखित आत्मकथा हो । यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा व्यक्त गरेकी छिन् ।

अझ समाजमा अपाङ्गता भएकाहरुको स्थान, अपाङ्गता हुनुको पीडा कथित सपाङ्ग भनिने मानिसहरुले दिइने चरम यातनाको रापबाट निस्किएको ज्वाला हो जीवन काँडा कि फूल ।

मानिस भित्रको पीडाको छट्पटी ओकल्न नपाउँदा कस्तो हुन्छ एक चेतनशिल मानिले अर्को चेतनशिल मानिसलाई दबाइरहदा दबिएको व्यक्तिको भावनामा कति ठूलो चोट पर्छ भन्ने कुरा यसबाट सिक्न सकिन्छ ।

पल्पसा क्याफे – नारायण वाग्ले मदन पुरस्कारप्राप्त

पल्पसा क्याफे उपन्यास नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो ।

यस उपन्यासमा तत्कालिन नेपाली द्वन्द चित्रण गरिएका छ । माओवादी युद्धताकाका एक चित्रकार, दृष्य, प्रमुख पात्रका रुपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ । तत्कालीन माओवादी युद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आम सर्वसाधारण जनतामा पारेको असर र विद्यमान सामाजिक अवस्थिती जस्ता समसामयिक बिषयहरू समावेश गरिएको छ ।

शिरीषको फुल पारिजात मदन पुरस्कारप्राप्त

पारिजातको रचना हो शिरीषको फूल, जसलाई नेपाली साहित्यको इतिहासमा कोसेढुंगा मानिन्छ । त्यसबेलाको पुरुषप्रधान नेपाली समाजमा सुकन्याको विद्रोही रूपलाई कलात्मक रूपमा यसमा उतारीएको छ । जीवनको महाशून्यलाई अनुभव गर्ने, निरर्थकता जीवनको असफलता, दुर्भाग्य र निस्सारतालाई स्वीकार गर्न शिरीषको फूलबाट सिक्न सकिन्छ ।

विनोद चौधरी विनोद चौधरी

 

विनोद चौधरीद्वारा लिखित विनोद चौधरी एक आत्मकथा हो । यस पुस्तकमा उनका जीवनका अनुभव र राजनीतिक, सामाजिक एवं आर्थिक विषयवस्तु समेटिएका छन् ।
यस पुस्तकबाट साधारण व्यक्तिबाट एक सफल व्यक्ति कसरी बन्न सकिन्छ भन्ने कुराको प्रेरणा लिन सकिन्छ ।

आफ्नो कथा विश्वेश्वरप्रसाद कोइराला

आफ्नो कथा, विश्वेश्वरप्रसाद कोइरालाको आत्मकथा हो । कोइरालाले आफ्नो जीवनको भोगाइहरु, दुखहरु र संर्घषलाई उनले यस पुस्तकमा समावेस गरेका छन् ।

महको म मदनकृष्ण श्रेष्ठ

वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा हो, ‘महको म’। यस पुस्तकामा श्रेठको बाल्यकालदेखिका सम्पूर्ण अनुभूति समेटेका छन् । उनको जन्म, पढाई, भोगाई, जीवनका हरेक संर्घष, कलाकारीताको सुरुवाती दिन, उनको रोग, उनका सुभचिन्तकहरुले दिएका सन्देश यसका छ । यस पुस्तकले जीवनमा आउने सबै परिस्थितिमा कसरी अगाडी बढ्ने भन्ने सिकाउँछ ।

लेखककी स्वास्नी प्रगति राई

‘लेखककी स्वास्नी’ उपन्यास प्रगति राईले लेखेकी हुन् । यस उपन्यासमा नेपाली आम महिलाको भोगाईहरु र एउटा सिङ्गो समाजको यथार्तता समेटिएको छ ।
उपन्यासले उठाएको मुख्य मुद्दा भनेको संसारका मानिसहरूको दुःखको विरुद्द कलम चलाउने लेखकले आफ्नै परिवारभित्रका छोरीहरूको अस्तित्वलाई बेवास्ता गरिरहेको ठूलो भूल देखाउनु हो । यी बाहेक, उपन्यासमा जीवन उपयोगी दर्शन, चिन्तन, कला, बिम्ब, प्रतिक, भाषा, संस्कृती, प्रेम, धर्यता, अभाव, बाध्यता, मनोविज्ञान, सामाजिक विभेदको दर्पणहरुलाई प्रस्तुत गरिएको छ ।

मेरा जीवनका पाना गौरा प्रसाईं साझा पुरस्कार

एमाले नेतृ समेत रहेकी गौरा प्रसाईंले तत्कालीन पञ्चायती व्यवस्थाका बेला पार्टीमा भूमिगत हुँदाका क्षण, अपहरणमा परेर भारतको वेश्यालयमा बेचिनु पर्दाको अवस्था, जेल तथा प्रवास जीवन लगायत बेग्ला बेग्ला शीर्षकमा आत्मपरक जीवन संस्मरण इमान्दारी पूर्वक पुस्तकमा उतारेकी छन् ।

कर्नाली ब्लुज बुद्धिसागर

कर्नाली ब्लुज बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो । यस उपन्यासमा लेखकले पश्चिम नेपालको तराईको गाउँ देखि विकट जिल्ला कालिकोटको पहाडी परिवेश बनाइएको छ । बाल्य र किशोरावस्थाका उट्पट्याङ, बठ्याईंसँगै जीवन–भोगाइका क्रममा आइलागेका कयौँ घटनाक्रम बुद्धिसागरको लेखकीय खुबीका कारण हाँस्दाहाँस्दै हृदय पगाल्ने लेखनी बनेको छ । यसमा नेपाली समाजमा विद्यमान विकृतिसँगै माओवादीको १० वर्षे हिंसात्मक विद्रोहका असर–प्रभाव लगायतका थुप्रै पाटोहरू खोतलिएको छ । विकासको प्रवेशले नयाँ बस्तीको निर्माण र विस्थापनलाई पनि देखाएको छ । पुरानो पुस्ताको अवसान र नयाँ पुस्तालाई आएका चुनौतीको पनि सङ्केत गरेको छ । उनको फिरफिरेको पनि स्वाद चाख्न सक्नुहुन्छ ।

खुसी विजय कुमार

विजय कुमारको जीवन अनुभवको पुस्तक खुशीमा पाठकले काँचको पर्दामा ठाँटिएर आउने विजयकुमारका पर्दापछाडिका जीवन भोगाइ, उनका आनीबानी र केही हदसम्म उनको जीवन दृष्टीकोण पढ्न सक्छन् ।

जीवन जिउने काइदा जीवन कुमार प्रसाई

जीवन जिउने काइदा’ले सरल उपायहरुबाटै कसरी स्वस्थ्य र दीर्घायु बन्न सकिन्छ रु भनेर पाठकलाई जानकारी दिन्छ । तर, पुस्तकभर प्रसाईले पाठकलाई औषधिपसल नलगेर हाम्रै वरपरका वस्तुमा भएका औषधिजन्य गुणहरुको पहिचान गराउँछन् । अनि तिनै गुणहरुको वर्णन रोचक तवरले मधुमेह, उच्च रक्तचाप र क्यान्सरजस्ता रोगसम्म जोडिन पुग्छ । परिवारको स्वास्थ्यप्रति सचेत गृहिणीदेखि यस विषयको अनुसन्धाता सम्मका निम्ति यो पुस्तक उपयोगी छ ।

आमाको मुटु रामेश कोइराला

अत्यन्त स्वभाविक भाषा र सुन्दर शैलीमा लेखिएको एक सशक्त संस्मरणात्मक कृति हो आमाको मुटु । मूल सडकको छायाँमा परी कान्तिहीन हुँदै गएको भद्रपुर नगरी र अज्ञानी डाक्टरहरुको निर्मम प्रयोगशाला बन्न अभिशप्त एक आमाको मर्मान्तक कथा हो यो । लेखककी आमाको मुुटुको मात्र होइन, धेरै आमाको मुटुको मुटु छुने कथा पनि हो यो कृति ।

उनको परिवारको मात्र होइन, नेपाली समाजमा भइरहेका रुपान्तरणका आयामहरु, प्राप्ति र पीडाको जीवन्त अभिलेख हो आमाको मुटु ।

सिंहदरबार बदल्ने संघर्ष लालबाबु पण्डित
सिंहदरबार बदल्ने संघर्षमा नेता लालबाबु पण्डितको जीवन समेटिएको छ ।
पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्नथालेपछि परिवर्तनको पाइला आफैँबाट चाल्ने अठोट गरेका पण्डितले, त्यतिबेला गरेका कामहरुलाई पुस्तकमा राखेका छन् । यसमा केही बाल्यकालका सम्झना छन् । पञ्चायतकालको उनको राजनीतिक संघर्ष पनि छ । उनले पहिलो संविधानसभामा खेलेको भूमिका पनि छ । उनी मन्त्री हुँदा गरेका काम र भोगेका चुनौती छन् ।

फस्ट लभ अजित बराल
पहिलो प्रेम हरेक मान्छेको जीवनभर अर्थ राखिरहने महत्वपूर्ण अवस्था हो । पहिलो प्रेम वियोगमा नटुंगिने पनि विरलै हुन्छ । तर पहिलो प्रेमको वियोग सधैंभरी मुटु खाइरहने हुँदैन । उमेर र बुद्धिको विकाससँगै मान्छेले जब आफ्नो पहिलो प्रेमको मुल्याकंन गर्छ तब त्यो एउटा मीठो सम्झना बन्दै जान्छ । यस्तै मीठा सम्झनाहरुलाई, पहिलो प्रेमका स्मृतिहरुलाई सस्मरणको गरिएको पुस्तक होे फस्ट लभ ।

काठमाडौँमा एक दिन शिवानी सिंह थारू
मोडल, सञ्चारकर्मी शिवानी सिंह थारुको उपन्यास हो , काठमाडौंमा एक दिन । ‘काठमाडौँमा एक दिन’ जनआन्दोलन २०६२÷६३ को समय र त्यतिबेलाको मधेसी परिवेशलाई समेटेर लेखिएको पुस्तक हो । शिवानीका यो साहित्यिक राजनीतिशास्त्र हो । एक दिनको कथामा लेखिएको यो पुस्तकको विशेषता पात्रमाथिको निरपेक्षता हो ।

तीन घुम्ती विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित तीन घुम्ती ९उपन्यास०मा नारीका तीन रुप प्रेमिका, पत्नि र आमा को चित्रण गरिएको छ ।

एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनतृप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीकृत भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती ।ञ

प्रिय सुफि सुबिन भट्टराई

लेखक सुविन भट्टराईको पाँचौं कृति हो, ‘प्रिय सुफी’। प्रेम, विछोड, घृणा, संर्घष, क्रोद, हार ,सफलता, मित्रता, साहयता को समिश्रण हो , उपन्यास प्रिय सुफी । उनको समर लभ युवापुस्ताले निकै रुचाएको कृति हो ।

यसबाहेक यहाँ उल्लेख नगरिएका अति उत्कृष्ट किताबहरु पनि छन् । मदन पुरस्कार प्राप्त किताब खोजेर पढ्न सक्नुहुन्छ ।

यी पुस्तकहरु पनि पढ्न सक्नुहुन्छ

१. लभ इन द टाइम अफ कोलेरा गार्बियल गार्सिया मार्खेज
संसारमा सबैभन्दा बढी प्रेमकथाहरू लेखिन्छन् तर प्रेमकथा कसरी लेख्नुपर्छ यसले सिकाउँछ ।

२. द गुड अर्थ स् पर्ल एस बक
एउटा किसानको संघर्षको कथा, जसले किसानप्रति सद्भाव जगाउँछ र संघर्ष गर्ने प्रेरणा दिन्छ ।

३. स्नो :ओरहान पामुक
वर्णनात्मक लेखनीको उच्च नमुना । प्राय स् कविलाई सोधिने सामान्य प्रश्न तपाईको कविताको प्रेरणा के हो रु को गम्भीर उत्तर हो, सम्पूर्ण उपन्यास ।

४: द स्टोरी टेलर : मारियो भर्गास लोसा
अर्को समुदायका विषयमा कसरी विश्वसनीय ढंगले लेख्न सकिन्छ भन्ने उदाहरण । पुस्तक लेखनमा रिसर्च गर्न सिकाउँछ ।

५. द गे्रट ग्यास्बी  : एफा स्कट फिजर
यसको विषयवस्तु र यसमा अन्तर्निहित प्रहार अहिलेको नेपाली समाजसित मेल खान्छ ।

६. दी वल्र्ड म्यान एन्ड द सी : अर्नेस्ट हेमिङ्बे
सफलताका सूत्र सिकाउने अहिलेका बजारु कितावभन्दा फरक ढंगले यसले संघर्ष गरिरहन प्रेरणा दिन्छ ।

७. लाइफ अफ् पाई : यान मार्टेल
बाघ र मानिसको मित्रताको अनौठो कथा । लोभलाग्दो काल्पनिक उडान ।

८. द बुक थिफ : मार्कस जुसक
पुस्तकसितको प्रेममा परेकी एक किशोरीको कथा । संकटमा कथाहरू कसरी काम लाग्छन् रु यसको उदाहरण । पुस्तक लेख्दा अक्षरहरू कसरी फारो गर्नुपर्छ यसले सिकाउँछ ।

९. जर्नी अफ सक्सेस : डा. विसाल ज्ञवाली
जीवनमा कसरी सफल हुन्छ भन्ने विषय यसमा समेटिएको छ । जीवन जीउन, खुसी रहन र हिम्मत नहार्न यस पुस्तकले सिकाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?