अक्सफोर्डको कोरोना भ्याक्सीन ट्रायलमा सहभागी भ्यालेन्टियरको ज्यान गयो !

काठमाडौं । एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित भईरहेको कोरोना भ्याक्सीनको ट्रायलमा सहभागी बनेका एक व्यक्तिको मृत्यु भएको छ ।

ब्राजिल हेल्थ अथोरिटीले बुधवार यसको जानकारी दिएको हो । तर भ्यालेन्टियर्सको मृत्यु भएपनि परीक्षण नरोकिने भएको छ ।

चिकित्सा गोपनियताको कारण यसको बारेमा अन्य केहि जानकारी दिइएको छैन । फेडरल यूनिभर्सिटी अफ साओ पाओलोका अनुसार मृतक भ्यालेन्टियर ब्राजिलका थिए ।

मृतक भ्यालेन्टियर्सका कारण एस्ट्राजेनेकाको शेयरमा १.७ प्रतिशत गिरावट आएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?