कोरोनाको प्रकोप : अमेरिकामा ह्वात्तै बढे मृतक र संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण विश्वमा हालसम्म ११ लाख ३६ हजार २६० जनाको मृत्यु भएको छ भने ४ करोड १४ लाख ६९ हजार ६२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ९ लाख ९ हजार ६४३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७४ हजार ९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा अहिलेसम्म २ लाख २७ हजार ४०९ जनाको मृत्यु भएको छ भने ८५ लाख ८४ हजार ८१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५६ लाख २ हजार ११६जना संक्रमण मुक्त भएका छन् भने २७ लाख ५५ हजार २९४ जना उपचाररत छन् ।

त्यस्तै १५ हजार ६८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको टेक्सासमा हालसम्म १७ हजार ७८६ जनाको मृत्यु भएको छ भने ८ लाख ८९ हजार ५१३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा १७ हजार १९४ जनाको मृत्यु भएको छ भने ८ लाख ८८ हजार ३०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा हालसम्म १६ हजार २१० जनाको मृत्यु भएको छ भने ७ लाख ६२ हजार ५३४ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बुधवार ६३ हजार ६६३ जना संक्रमित थपिएका छन् भने १ हजार २२५ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?