कोरोना कहर : भारतमा बुधवार आधा लाख भन्दा धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण विश्वमा हालसम्म ११ लाख ३६ हजार २६० जनाको मृत्यु भएको छ भने ४ करोड १४ लाख ६९ हजार ६२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ९ लाख ९ हजार ६४३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७४ हजार ९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा अहिलेसम्म १ लाख १६ हजार ६५३ जनाको मृत्यु भएको छ भने ७७ लाख ५ हजार १५८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६८ लाख ७१ हजार ८९५ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख १६ हजार ६१० जना उपचाररत छन् ।

भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार मात्रै ५६ हजार जना संक्रमित थपिएका छन् भने ७०३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?