‘रअ’ प्रमुख किन आए नेपाल ?

भारतका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपाल भ्रमणमा आउनुअघि भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल बुधबार काठमाडौं आएका छन् । उनी दिउँसो करिब १ बजे चार्टर्ड विमानबाट काठमाडौं उत्रेका हुन् ।

उनको भ्रमणलाई सरकारी निकायले गुपचुप नै राखेका छन् । ‘उनको भ्रमणबारे जानकारी छैन’, नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने । परराष्ट्र मन्त्रालयले पनि अनविज्ञता प्रकट गरेको छ ।

तर राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले रअका प्रमुख नेपाल आएको पुष्टि गर्दै भने, ‘यो औपचारिक भ्रमण होइन, व्यक्तिगत वा धार्मिक भ्रमण हुन सक्छ ।’ सेनाध्यक्ष नरवाणे आउनुअघि अर्को सुरक्षा संस्थाको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको खबर कान्तिपुरले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?