मनलाग्दी गर्ने मन्त्री परेपछि….

डा.युवराज खतिवडा कार्यकालको आर्थिक क्षेत्र, लगानीकर्ता, आयात, निर्यात तथा शेयर बजार अस्तव्यस्त भएका खबरहरु त प्रशस्तै आए । तर, स्वयं अर्थ मन्त्रालयलाई समेत उनले अस्तव्यस्त बनाएका रहेछन् ।

खतिवडाको क्षुद्र स्वभावका कारण कर्मचारी काममा मन नलगाउने स्थितिमा पुगेका थिए । जागिरको अधिकांश समय अर्थमा बिताएका सचिव राजन खनाल स्टाफ कलेजतिर जाने बेलामा ‘मन्त्रीज्यूबाट धेरै कुरा सिकेर गएँ’ भन्दै व्यंग्य गर्नुपर्ने अवस्थामा पुगे । अहिलेका सचिव शिशिर ढुंगाना त्यही अवस्थामा थिए, जुन कुरा अहिले व्यक्त गर्न थालेका छन् । यसरी मन्त्रीले कर्मचारीलाई कामका लागि उत्प्रेरित गर्नुको सट्टा हठपूर्ण नीतिहरु लाद्ने, कार्यप्रगति नहुँदा मनलाग्दी गाली गर्नेजस्ता कामले हो, अर्थ मन्त्रालय अस्तव्यस्त भएको ।

त्यसमाथि अहिले सामान्य प्रशासन मन्त्रालयबाट हृदयेश त्रिपाठीले कांग्रेस समर्थक चार–पाँच जना कर्मचारीलाई अर्थमा पठाएका छन् । भर्खर सरुवा भएर गएका कर्मचारीलाई हटाउन नमिल्ने, राख्दा पनि काम नहुने– नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले व्यहोरिरहेको तनाव हो यो । व्यापारी, कालोबजारी र संदिग्ध व्यक्ति (माफिया) हरुको सेटिङमा कर्मचारीलाई अर्थ र उद्योग मन्त्रालय पठाउने, तर सम्बन्धित मन्त्रालयको नेतृत्वले ती व्यक्तिलाई नरुचाउने कारण तिनले गर्ने कार्यसम्पादन सन्तोषजनक नभएको कर्मचारीहरु बताउँछन् ।

अहिले भन्सार विभागका महानिर्देशक सुमन दाहाल सरकारी कोटामा अध्ययनका लागि जापान जाने तयारीमा छन् । त्यहाँ उनले तीन वर्षे पिएचडी कोर्ष गर्ने गरी बिदा स्वीकृति लिएका छन् ।

त्यस्तै, अन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवर प्रदेशतिर जाने सुरमा छन् । उनले घरपायक गण्डकी प्रदेश जान रहर देखाएका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली पनि अर्थमा सरुवा पाए हुन्थ्यो भन्दैछन् । जनआस्थामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?