ब्यांग्लोरलाई कोलकताको सीजनकै सबैभन्दा सानो लक्ष्य

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३९ औँ म्याचमा आज रोयल च्यालेन्जर्स ब्यांग्लोर र कोलकता नाइट राइडर्सबीच खेल भईरहेको छ ।

टस जितेर ब्याटिङ रोजेको कोलकताले यो सीजनकै सबैभन्दा सानो लक्ष्य दिएको छ । कोलकताले २० ओभरमा ८ विकेट गुमाउँदै जम्मा ८४ रन बनाएको हो । दुबै टीम जित निकाल्दै प्ले अफका लागि सहज परिस्थिती बनाउन चाहान्छन् ।

ब्यांग्लोरले म्याच जितेमा अंकतालिकाको दोश्रो नम्बरमा उक्लिनेछ । अहिलेसम्म ब्यांग्लोरले ९ मध्ये ६ म्याच जितेर अंकतालिकाको तेश्रो नम्बरमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?