काठमाडौं । कैलालीको धनगढी उपमहानरपालिका उत्तरबेहेडीस्थित गुरुकुल एकेडेमीले तेस्रो पटक अन्तर्राष्ट्रिय विद्यालय अवार्ड प्राप्त गरेको छ ।
ब्रिटिश काउन्सिलद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा प्रदान गरिएको अवार्डमा सो जानकारी दिइएको हो । उक्त विद्यालयले सन् २०१२ र २०१५ पनि सो अवार्ड पाएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मूल्याङ्कनका आधारमा सो अवार्ड दिइएको हो ।
गुरुकुल एकेडमीकी प्रिन्सिपल सुनीता सुरीले ५० भन्दा बढी विद्यालयको प्रतिस्पर्धामा तेस्रो पटक अवार्ड प्राप्त हुँदा आफूहरुलाई उत्साहित बनाएको बताइन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया