कोरोना संक्रमित कांग्रेस नेता मगरको निधन

डोटी । कोभिड–१९ को संक्रमणमा भएका नेपाली कांग्रेसका नेता तेजबहादुर पुन मगरको आज मृत्यु भएको छ । केआई सिंह गाउँपालिका–४ पूर्वीया बगरमा घर भएका ५० वर्षीय मगर केही दिन पहिले बिरामी भएपछि उपचारका लाागि कैलाली गएका थिए ।

उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार निमोनियासहित कोरोना संक्रमित मगरको उपचारकै क्रममा मृत्यु भएको हो । उनी कांग्रेस डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत रहहेका थिए । उनका दुई छोरा र एक श्रीमती छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?