झापा । प्रतिनिधिसभाकी सांसद धर्मशिला चापागाईँले दशैँ भत्तावापत्को आफ्नो रकम नारी सञ्चार गृह र शहीद प्रतिष्ठान नेपालको झापा शाखालाई प्रदान गरेकी छन् ।
कोरोना महामारीका बेला दशैँ भत्ता लिन उपयुक्त नहुने बताउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद चापागाईले उक्त रकम झापाका दुई संस्थालाई वितरण गरेकी हुन् ।
सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले संस्थाको खातामा ३२ हजार प्राप्त भएको जानकारी दिइन् ।
नेकपाले दशैँ भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको पनि सांसद् चापागाईँले पार्टीको निर्णयअगावै भत्ता नलिने र दुई सामाजिक संस्थालाई प्रदान गर्ने घोषणा गरिसकेकी थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया