संवेदनशील अंगमा लुकाइ लागुऔषधको तस्करी

इनरुवा, ११ असोज (रासस)महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको छ ।छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्दै आएको अनुसन्धानबाट फेला परेको जिल्ला प्रहरी कार्यालयले यहाँ आयोजित पत्रकार सम्मेलन जनाएको हो ।महिलाले भित्रीे चोलोमा कसेर भारतीय बजारबाट अवैधरुपमा लागुऔषध ल्याइरहेको छ भनी प्राप्त सूचनाको अधारमा ती महिलालाई पक्राउ गर्न सफल भएपछि लागुऔषध तस्कारीको नयाँ रहस्य खुलेको प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।पुरुषले अण्डकोषमा लागुऔषधको तस्करी गरिरहेको बेला महिलाले पनि छातीमा लागुऔषध लुकाएर ओसारपसार गर्न थालेको पाइएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा धरान– ११ की चन्द्रकला रसाइली र धरान – ८ की बबिता मंग्राती रहेको र उनीहरुको साथबाट एभिल ४० एम्पुल, डाइजोपाम ४० एम्पुल, लुपी जेसिक ४० एम्पोल, एसपि २४ ट्याबलेट र नाइट्रोजन ५० ट्याबलेट सहितको लागुऔषध बरामत गरेको जनाएको छ । उनीहरुमथि लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाएइने भएको छ ।त्यसैगरी सुनसरी सदरमुकाम इनरुवा लौकही सडकखण्डबाट समेत लागुऔषधसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पक्राउ पर्नेमा कोशी गाउँपालिका– ३ बस्ने मनोजकुमार राउत र भारत अररिया बेलही– ७ बस्ने प्रमोदकुमार यादव रहेको प्रहरी प्रवक्ता नारायणप्रसाद चिमरियाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?