द्विपक्षीय सहयोगबारे अर्थमन्त्री र अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीबीच आज द्विपक्षीय आर्थिक सहयोग, कोभिड –१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायतका विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको आज भएको शिष्टाचार भेटवार्तामा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकी सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए ।

राजदूत बेरीले पौडेललाई पुनः अर्थमन्त्री भएकामा बधाई दिँँदै सफल कार्यकालको शुभकामना दिए । उनले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेकामा नेपाल सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?