एन आई सी एशियाको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थप

काठमाडौं । वडा दशैंको अवसरमा एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा बैंकले १० प्रतिशत रकम थपदिने योजना सार्वजनिक गरेको छ ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको बैंकले दशैँमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग (MoBank) मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेछ ।

यो योजना यस बैंकमा आबद्ध ग्राहकहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् ।

उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ ।

यस योजनाअन्तर्गत MoBank एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले ‘MoBank‘ एपमा रहेको ‘Digital Dakshina’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks मा Dakshina जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?