नेप्सेको चमक : दोहोरो अंकको बृद्धिसँगै डेढ अर्ब भन्दा धेरैको कारोबार

काठमाडौं । बुधवार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बुधवारसहित गत ३ कारोबार दिन नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको छ ।

बुधवार शेयरबजार परिसुचक नेप्से १३.९४ अंकले उकालो लाग्दै १५९७.७२ अंकको विन्दुमा आजको कारोबार बन्द भएको छ । त्यस्तै सेन्सिटिभ इन्डेक्स पनि ३.१० अंकले वृद्धि भएको छ ।

दोहोरो अंकले बढेको बजारमा ४ समुहको परिसुचक भने घटेको छ । बुधबार घट्ने समुहहरु वित्त, होटल, जलविद्युत र उत्पादन तथा प्रसोधन समुहको परिसुचक रहेको छ । जलविद्युत समुहको परिसुचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ भने बाँकि समुहको परिसुचक १ प्रतिशत भन्दा थेरैले घटेका छन् ।

बाँकि ८ समुहको परिसुचक भने उकालो लागेका छन् । जसमा ट्रेडिङ समुहको परिसुचक २.१९ प्रतिशतले बढेको छ भने बैंकिङ समुहको परिसुचक १.७१ प्रतिशतले बढेको छ । बाँकि अन्य समुहको परिसुचक भने १ प्रतिशत भन्दा थोरैले घटेको छ ।

बुधबार एनआइसी एशिया बैंकको सर्वाधिक २ हजार ५ सय ३ पटकको कारोबारमा २४ करोड २९ लाख ५७ हजार ८ सय ७ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै शेयर संख्याका आधारमा भने हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडको सर्वाधिक ४ लाख ७४ हजार १ सय ९२ कित्ता शेयरको खरिद विक्रि भएको छ ।

बुधवार पनि जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेर ९.८४ प्रतिशतले वृद्धि भएको छ । दोस्रोमा नेपाल हाइड्रो डेभलप्रस् लिमिटेडको ४.४९ प्रतिशतले शेयरमूल्य बढेको छ ।

बुधबार नेपाल फाइनेन्स लिमिटेडको सर्वाधिक ५.०५ प्रतिशतले शेयरमूल्य घटेको छ । दोस्रोमा आखुखोला जलविद्युत कम्पनी लिमिटेडले ४.७२ प्रतिशतले गुमाएको छ ।

बुधबार १ सय ९२ कम्पनीको २२ हजार ४ सय ८२ पटकको कारोबारमा ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयरको खरिदविक्रि हुँदा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १ सय ४८ रुपैयाँ २६ पैसा बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका कम्पनी मध्ये ८३ कम्पनीको शेयरमूल्य बढ्दा ७३ कम्पनीको शेयरमूल्य घटेको छ बाँकि १३ कम्पनीको शेयरमूल्य भने स्थीर रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?