१३ आश्विन २०८०, शनिवार

टोखाको सम्पदा संराक्षणमा महानगरको सहकार्य

२०७४,आश्विन,११,बुधबार ०७:०९

0
Shares

काठमाडौँ, १० असोज (रासस)टोखाको संस्कृति र सम्पदालाई संरक्षण गरी नमुना सहर बनाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले रु एक करोड सहयोग गर्ने भएको छ ।टोखामा आयोजित एक कार्यक्रमबीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीबीच सो सम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर गरेका छन ।यो सहकार्य पाँचवर्ष रहनेछ । दुई नगरबीच नौ किलोमिटर लामो दुरीमा सांस्कृतिक र पर्यटीकय भाइचाराको सम्बन्ध हुनेछ ।टोखा संस्कृति, सम्पदा संरक्षण दबूः र टोखा नेवा गुठीको संयोजनमा भएको सो सहकार्य घोषणा कार्यक्रममा महानगर प्रमुख शाक्यले टोखाको मौलिक संस्कृति र सम्पदाको संरक्षणसहित विकास भएमा त्यसको अप्रत्यक्ष फाइदा महानगवासीलाई पनि पुग्ने बताउनुभयो ।टोखा नगरका प्रमुख अधिकारीले महानगरको सहयोग र आफ्नो कार्ययोजनाअनुसार सम्पदा र संस्कृतिको संरक्षण गर्दै टोखालाई नमुना र पर्यटकीय सहर बनाइने बताए ।दबूः का अध्यक्ष मणिराज डंगोलले टोखाका सम्पदाको पहिचान नगरी विकास गरिए विनाश हुने बोध जनप्रतिनिधिलाई हुनु सकारात्मक भएको भन्दै उक्त सहकार्यलाई सफल बनाउन स्थानीयवासीको सहयोग अपरिहार्य भएको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०७:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज विश्व मुटु दिवस । विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको

काठमाडौं । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट

काठमाडौं । तपाईंको स्वास गन्हाउँछ ? गिजाबाट रगत आउँछ ? यही समस्याका कारण साथीहरुसंग खुलेर बोल्न पनि सक्नु भएको छैन्

नेवार समुदायको विशेष पर्वको रुपमा रहेको गुँला पर्व एउटा साँगीतिक पर्व पनि हो । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०