एनआईबिएल एस क्यापिटल लिमिटेडको नगद लाभांश पारित

काठमाडौं । बुधबार एनआईबिएल एस क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट २२.२२ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

एनआईबिएलको आज बसेको आठौं बार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो ।

यस साधारण सभाले आर्थिक बर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूंजीको २२.२२ प्रतिशत नगद लाभांश समेत दिने भएको हो ।

एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी बरुण श्रेष्ठले बैंकको तर्फबाट प्रतिनिधित्व गरेका उक्त साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए ।

उक्त सभामा सञ्चालक सदस्यहरु दिपक कुमार श्रेष्ठ, बन्दना थापा र रविन्द्र भट्टराई को समेत उपस्थिती रहेको थियो ।

त्यसैगरी नियमन निकायका प्रतिनिधिहरु, लेखापरीक्षक तथा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत समुपस्थितीमा साधारण सभा सम्पन्न भएको एनआईबिएलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?