चेन्नई सुपरकिंग्सलाई गम्भीर धक्का

काठमाडौं । चेन्नई सुपरकिंग्सका अलराउण्डर ड्वेन ब्रावो ग्रोइन चनेटका कारण इण्डियन प्रिमियर लीग (आईपीएल) टुर्नामेन्टबाट बाहिरिएका छन् ।

प्लेअफमा स्थान बनाउनबाट लगभग टाढा भईसकेको टीम चेन्नईमा उनी बाहिरिएसँगै झनै समस्या थपिएका हो ।

Dwayne Bravo

३७ वर्षीय ब्रावो वर्षौंदेखि चेन्नईबाट खेल्दै आएका छन् । १७ अक्टोबरमा दिल्लीसँग भएको खेलको अन्तिम ओभर गर्न उनी असमर्थ भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?