राष्ट्रपति भण्डारीद्वारा रानीपोखरीको उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी छिन् ।

बुधवार एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले पुनर्निमाणपछिको रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

विस २०७२ साल बैशाख १२ को भूकम्पछि ध्वस्त भएको रानिपोखरीको पहिलेकै शैलीमा निर्माण गरि आज उद्घाटन गरिएको हो । साथै आज नै पुननिर्मित दरबार हाइस्कुलको समेत उद्घाटन गरिएको छ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गत असोज १५ गते बिहीवार गजुर राखिएको थियो ।

रानीपोखरी उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?