राष्ट्रपति भण्डारीको दशैँ भत्ता कोरोना कोषमा जम्मा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं भत्ता कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषलाई प्रदान गरेकी छिन् ।

यस्तै उनले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक समेत कोषमा प्रदान गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरसको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?