पुनर्निर्माणपछि उद्घाटन भयो रानीपोखरी र दरबार हाइस्कुल (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गरेकी छिन् ।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

एतिहासिक महत्व बोकेको रानिपोखपरीको पुनर्निमाणका लागि राष्ट्रपति भण्डारीले २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा पुनर्निमाणको शिलान्यास गरेकी थिइन् ।

यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । १९९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर फेरी रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो ।

त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।

यसअघि गत असोज १५ गते बिहिवार रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको थियो ।

तस्वीरहरु हेर्नुहोस्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?