काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।
कोरोनाको कारण पटक पटक रोकिएको महासंघको आगामी ५४ औँ महाधिवेशन आउँदो मंसिर ११ र १२ गतेको लागि मिति तोकिएको छ ।
चैतमै हुनुपर्ने निर्वाचन कोभिडका कारण रोकिएको थियो । पछि साउनमा निर्वाचन गर्ने भनिएपनि कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण २ पटकसम्म मिति सारिएको थियो ।
निर्वाचन समितिले एक सूचना जारी गर्दै मंसिर ४ गते साँझ ५ बजेसम्म उम्मेद्वारहरुले मनोनयन दाखिला गरिसक्नुपर्ने जनाएको छ ।
यद्यपी लोकपथसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले केही दिनपछि मनोनयन दर्ता गर्ने बताएका छन् । भने उनका प्रतिष्पर्धी ढकालले भने छिट्टै नै मनोनयन दर्ता गर्ने बताएका छन् ।
आगामी कार्यकालका लागि शेखर गोल्छा स्वत् अध्यक्ष हुनेछन् । भने वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले प्रतिष्पर्धा गर्दैछन् । अहिलेको कार्यकालको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वत अध्यक्ष हुने व्यवस्था अनुसार गोल्छा अध्यक्ष बन्दैछन् ।
कार्यतालिका अनुसार तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ ।महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरु गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया