दुई वर्षको ब्रेकपछि नयाँ फिल्म बनाउँदै शाहरुख खान

काठमाडौं । दुई वर्षको ब्रेकपछि शाहरुख खानले नोभेम्बरबाट अपकमिङ फिल्म पठानको शूटिङ गर्दैछन् ।

यशराज फिल्म्सले यो फिल्मको अनाउन्समेण्ट शाहरुखको जन्मदिनको दिन गर्नेछ । जो २ नोभेम्बर रहेको छ ।

यस्तो भयो भने १५०० दिन पछि शाहरुखको पहिलो फिल्मको घोषणा हुनेछ ।

यो भन्दा पहिला २०१६ मा उनको फिल्म जीरोको घोषणा भएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा जोन अब्राहम र दीपिका पादूकोण पनि रहनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?