२०७७, ५ कार्तिक बुधबार ०९:०६

आईपीएलमा आज ब्यांग्लोर र कोलकता भिड्दै


प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार ०९:०६

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३९ औँ म्याचमा आज रोयल च्यालेन्जर्स ब्यांग्लोर र कोलकता नाइट राइडर्सबीच खेल हुँदैछ ।

आबुधाबी साँझ पौने ८ बजे शुरु हुने खेलमा दुबै टीम जित निकाल्दै प्ले अफका लागि सहज परिस्थिती बनाउन चाहान्छन् ।

ब्यांग्लोरले म्याच जितेमा अंकतालिकाको दोश्रो नम्बरमा उक्लिनेछ । अहिलेसम्म ब्यांग्लोरले ९ मध्ये ६ म्याच जितेर अंकतालिकाको तेश्रो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस