काठमाडौं । भारतीय सेनाले दुई दिन पहिला लद्दाखमा समातेको चिनियाँ एक सैनिक चिनियाँ सेनालाई जिम्मा लगाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ति चिनियाँ सैनिक भारतको सीमामा आएकोले समातिएको हो । तर उनी अन्जानमै त्यहाँ प्रवेश गरेको बताइएको थियो ।
भारत र चीनबीचमा पछिल्लो केहि महिना यता विवाद जारी छ ।
लद्दाखको सीमावर्ती क्षेत्रको विवादमा गत १५ जूनमा भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने पछिल्ले झडप २८ अगस्टमा १ भारतीय सैनिकको ज्यान गएको थियो । त्यसपछि दुबै देशले सीमामा सैन्य शक्ति बढाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया