पीसीआर रिपोर्ट नहुँदा जेलबाट फिर्ता

अदालतको आदेशपछि प्रहरीले पुर्पक्षका लागि थुनामा राख्न पठाएको एक बन्दीलाई कारागारले फिर्ता पठाइदिएको छ । ७२ घण्टाभित्रको कोरोना जाँचको रिपोर्ट नभएपछि पश्चिम नवलपरासी कारागारले सोमबार बन्दी जिल्ला प्रहरी कार्यालयलाई फिर्ता पठाएको हो ।

लागूऔषध कोराबारको अभियोगमा अदालतले ती व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पुर्पक्षका लागि थुनामा राख्न पठाइएका अन्य तीन जनालाई चितवन कारागारले पनि फिर्ता पठाएको छ । उनीहरूको पनि पीसीआर रिपोर्ट नभएकाले नवलपुरको हिरासतमै फिर्ता पठाएको थियो । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?