प्रचण्डसँग विवाद बढिरहँदा ओलीले मिलाए नेपालसँग हात

स्थायी कमिटीका निर्णय कार्यान्वयनमा जटिलता देखिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ ।

स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । दाहालसँग मतभेद बढेको समाचार आइरहेका बेला प्रधानमन्त्री ओलीले नेता नेपालसँग झन्डै सवा दुई घण्टा छलफल गरेका हुन् ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरे । उनले छलफलको विषयवस्तुबारे आफूलाई जानकारी नभएको बताए । बालुवाटारनिकट स्रोतका अनुसार भेटमा ओलीले आफूसँग मिलेर जान नेपाललाई प्रस्ताव गरेका छन् । कान्तिपुरले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?