वसन्त चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् ।

चौधरीलेले आफूलाई कोरोनाको केही लक्षण देखिएको तर स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् । साथै चिकित्सकको सल्लाहमा आफू घरकै आइसोलेसनमा बसेको पनि उनले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?