पञ्जावको लगातार तेश्रो जित, दिल्ली ५ विकेटले पराजित, शिखर धवनले रचे इतिहास

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३८ औँ म्याचमा मंगलवार किंग्स इलेभन पञ्जावसँग दिल्ली क्यापिटल्स ५ विकेटले पराजित भएको छ ।

पञ्जावको यो सीजनमा लगातार तेश्रो जित हो । योसँगै पञ्जाव अंकतालिकाको पाँचौ नम्बरमा उक्लिएको छ ।

त्यस्तै दिल्लीको तर्फबाट भने ओपनर शिखर धवनले नट आउट शतकीय पारी खेलेका थिए ।

उनी आईपीएलको इतिहासमै लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनले नटआउट १०६ रन बनाएका थिए ।

टस जितेर ब्याटिङ गरेको दिल्लीले १६५ रनको टार्गेट दिएको थियो । पञ्जावले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?