कोरोना कहर : भारतमा एकैदिनमा थपिए आधा लाख भन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलसम्म विश्वमा ११ लाख २९ हजार ४९२ जनाको मृत्यु भएको छ भने ४ करोड १० लाख २९ हजार २७९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ६ लाख २४ हजार २५५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७७ हजार १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १५ हजार ९५० जनाको मृत्यु भएको छ भने ७६ लाख ४९ हजार १५८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६७ लाख ९२ हजार ५५० जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ४० हजार ६५८ जना उपचाररत छन् ।

भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा मंगलवार मात्रै ५४ हजार ४२२ जना संक्रमित थपिएका छन् भने ७१४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?