कैलाली, ५ चैत । कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।कैलालीको गोदावरी नगरपालिकाका–८ खुटियापुल नजिकै आइतबार राति साढे ८ बजेतिर पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।दुर्घटनामा गोदावरी नगरपालिकाका–८ स्याउले बजारका अन्धाजी २८ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । मोटरसाइकलमा चौधरी एक्लै रहेको प्रहरीले जानकारी दिएको छ ।चौधरी सवार से६प ४७२१ को मोटरसाइकल सडक किनारमा थुपारेको ढुंगामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परि गम्भीर घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया