अभिनेत्री पायलले भनिन्, ‘अनुरागले रेप गरेपछि मानसिक अवस्था बिग्रियो,अहिले पनि निन्द्रामा चिच्याउँछु’

काठमाडौं । अनुराग काश्यपमाथि रेपको आरोप लगाएकी बलिउड अभिनेत्री पायल घोषले उक्त घटना पछि आफू एंग्जाइटी र प्यानिकको शिकार भएको बताएकी छन् ।

एक भारतीय सञ्चारमाध्यमसँग दिएको अन्तर्वार्तामा उनले घटना पहिला आफैँभित्र सिमित गरेको बताएकी हुन् ।

उनका डाक्टरले तिमी केहि लुकाउँदै छौ भनेपछि उनले उक्त रेप केसले नै आफ्नो मानसिक स्थितीको कारण बनेको भन्दै घटना बारि ल्याएको बताएकी हुन् ।

गल्फ न्यूजसँगको कुराकानीमा उनले यस्तो बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले भनिन्, ‘म अहिले पनि एंग्जाइटी र प्यानिकको औषधि लिइरहेकी छु, मलाई यो डर थियो कि मैले यो घटना कसैलाई भनेमा म माथि हमला हुनेछ, त्यसैले चुप बसेँ, म राती पनि अहिलेसम्म कहिलेकाहीँ चिच्याउँछु, म राती सुत्दा समेत लाइट बन्द गरेर सुत्न सक्दिन, किनभने मलाई लाग्छ कि, कसैले म माथि आक्रमण गर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?