दूरसञ्चार सेवामा अब डिजिटल केवाइसी

काठमाडौं । दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले आफ्ना ग्राहकहरुलाई सेवा दिएको बखतका पुराना कागजातहरु अब धुल्याउन सक्ने भएका छन् । त्यस्तो कागजातको डिजिटल प्रति राखेर कागजात धुल्याउन सक्नेगरी नयाँ विनियमावली आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै कार्यान्वयनमा ल्याएको ‘दूरसञ्चार सेवा प्रदायकले सङ्कलन गरेको ग्राहकको फारामलगायतका कागजात धुल्याउने विनियमावली, २०७७’ ले कागजात धुल्याउन सकिने व्यवस्था गरेको हो ।

प्राधिकरण बोर्ड बैठकबाट गत असोज २३ गते पारित सो विनियमावलीले डिजिटल प्रणालीमा प्रविष्ट ग्राहकसँग सम्बन्धित पुराना कागजात तथा फाराम धुल्याउन सक्ने व्यवस्था गरेको छ ।

नेपाल दुरसंचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद र्अयालका अनुसार डिजिटल केवाइसीको अवधारणाले छिटो छरितो ढङले कामकारवाहिहरु अगाडि बढ्ने बताए । यसले पारदर्शीता कायम गर्न अहम भूमीका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

विनियमावली अनुसार सेवा प्रदायकहरूले धुल्याउन सकिने किसिमका कागजातहरुको सूची पनि समेत तोकेकोछ । जसमा सिम वितरण गर्दा ग्राहकले भरेको फाराम, ग्राहकको फोटोको प्रति, नागरिकता, राहदानी र परिचय खुल्ने अन्य कागजातको प्रतिलिपि, केवाईसी फाराम र सेवा प्रदायकले भराएको अन्य कुनै फाराम नष्ट गर्न वा धुल्याउन सक्ने व्यवस्था छ ।

यसरी धुल्याउँदा धुल्याउने दिन निश्चित गरी कुन मितिदेखि कुन मितिसम्म र कुन विषयको कागजात धुल्याउने हो ति सबै कागजातको अभिलेख खडा गर्नुपर्ने प्रावधान राखिएको छ ।

यस्ता कागजात अनिवार्य रूपमा डिजिटल माध्यममा रेकर्ड गरेर सुरक्षित गरेर मात्र धुल्याउन अनिवार्य गरिएको छ ।

त्यसैगरि धुल्याउने कार्यका लागि प्राधिकरणले निर्देशन दिन सक्ने प्रावधान राखिएको छ भने मागेको बेलामा धुल्याईएका कागजातको डिजिटल कपी उपलब्ध गराउनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?