यी हुन् ओली प्रचण्डबीच आजको भेटघाटमा भएका ४ निर्णयहरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीचको भेटघाटमा विभिन्न निर्णयहरु भएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार निवास पुगेका थिए ।

आजको भेटघाट कर्णाली प्रदेशको मुख्यमन्त्री विवाद केन्द्रीत रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने निर्णय भएको छ । त्यस्तै मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावलाई फिर्ता लिने लगायतका निर्णयहरु भएको सल्लाहकार थापाले जानकारी दिए ।

यी हुन् निर्णयहरु : 

१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२) प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३) मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने र
४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?