काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको संघीय परिषद् अध्यक्षमा डा बाबुराम भट्टराई निर्विरोध चयन भएका छन् ।
सोमवार देखि चलेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हिजोको बैठकवाट पूर्वप्रधानमन्त्री भट्टराई औपचारिक रूपमा संघीय परिषद्को अध्यक्षसमेत बनाउने तय भएको थियो।
त्यस्तै उक्त बैठकले जसपाको विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्यीय बनाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया