आईपीएलमा १० मध्ये ७ म्याच हारेपछि धोनी निराश : गरे यस्तो निर्णय

काठमाडौं । आईपीएल १३ को एक म्याचमा सोमवार राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले हरायो । चेन्नईको १० म्याचमा सातौँ हार हो यो ।

यो हारसँगै चेन्नई अंकतालिकाको सबैभन्दा पुच्छरमा रहेको छ । प्लेअफमा जानको लागि अब चेन्नईलाई गाह्रो भएको छ ।

यस हारसँगै धोनी निराश भएका छन् । उनले यो सीजनमा टीमले खराब प्रदर्शन गरेको बताएका छन् ।

उनले म्याचमा सबैको प्रदर्शन राम्रो नभएकोले अब युवाहरुलाई जिम्मेवारी दिने बेला आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?