काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीले एकिकरणका लागि गृहकार्य थालेका छन् ।
गत असोज २९ गते दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा दुवै दलका संयोजकहरुलाई बुझाएका थिए ।
वार्ता टोलीले साझा पार्टिका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई प्रतिवेदन बुझाएका हुन् ।
त्यसै अनुसार मंगलवार साझाका संयोजक मिश्र र विवेकशीका अध्यक्ष पाण्डेले संघिय र केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका छन् ।
दुवै दलले नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको ठहर गर्दै दुई दल एक हुन लागेको बताएका छन् ।
“सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको सर्वविदित नै छ।” जारी विज्ञप्तिमा भनिएको छ ।
दुवै दलले विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै गत असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता सुरु गरेका थिए।
उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ(आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउने विवेकशील नेपाली दलका संवाद समिति संयोजक निर्देश सिलवाल र साझा पार्टीकी संवाद समिति संयोजक समीक्षा बास्कोटाले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया