अपहरित ८ वर्षीया बालिकाको सकुसल उद्धार : साइकलमा आएर लगेका थिए अपरिचितले

काठमाडौं । अपहरणमा गरी बन्धक बनाइएकी बालिकालाई प्रहरीले सकुसल उद्धार गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका १ घर भई हाल ललितपुर महालक्ष्मी ४ मनकामना चोकमा बस्दै आएका गुड्डी साहकी ८ वर्षीया छोरी अनुखा साहको प्रहरीले उद्धार गरेको हो ।

सोमवार साँझ घर नजिकै खेलिरहेको अवस्थामा साइकलमा आएका अपरिचित व्यक्तिहरुले अनुखालाई अपहरण गरेका थिए ।

आफ्नी छोरी हराएको भन्दै अनुखाको परिवार महानगरीय प्रहरी वृत्त सातदोबाटो पुगेको थियो । खबर प्राप्त हुनासाथ प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्माको कमाण्डमा खटिएको प्रहरी टोलिले प्रविधि समेतको प्रयोग गरी खोजतलास गरेको थियो । त्यसैक्रममा राति सवा ८ बजेको समयमा उनलाई बन्धक बनाएको अवस्थामा भेटाएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता सन्तोष तामाङले जानकारी दिए ।

अपहरण गर्नेहरुमा सर्लाही हरिवन नपा ८ बासटोल घर भइ हाल ललितपुर हरिसिद्दी बस्दै आएका बर्ष ३० का राजु कार्की (मुख्य अभियुक्त), काभ्रे नमोबुद्ध न।पा। वडा नं ८ बुझाकोट घर भइ हाल ललितपुर हरिसिद्दी बस्ने बर्ष २३ की सिता परियार परिवार रहेकी छिन् । त्यस्तै धनुषा धारापानी गाउँपालिका वडा नं २ घर भई हाल ललितपुर हरिसिद्दी बस्दै आएका ४० वर्षीय कृष्ण तोलामी रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता सन्तोष तामाङले जानकारी दिए ।

तामाङका अनुसार बालिकालाई अपहरण गरि ललितपुर महालक्ष्मी नगरपालिका वडा नं २९ स्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको हो ।

पिडित बालिकालाई तत्कालै उद्वार गरी अपहरण गरी शरीर बन्धक बनाइ राखेका तीनै जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता तामाङले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?