काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीचको भेटघाटले कर्णाली विवादबारे ठोस निर्णय गर्न निकाल्न सकेको छैन् ।
मंगलवार (आज) बिहान प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार कर्णाली विवादबारे छलफल भएको थियो । तर भेटघाटमा उनीहरुबीच मत बाझिएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रचण्डले कर्णालीमा देखिएको विवाद समस्या समाधान गर्ने जिम्मा त्यहिको पार्टी कमिटि तथा सरकारलाई दिन आग्रह गर्दै आएका छन् । भने आजको भेटघाटमा समेत उनले ओली समक्ष उक्त कुरा सुझाएको स्रोतको दाबी रहेको छ ।
तर ओलीले भने मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथीको अविश्वासको प्रस्ताव, प्रदेशका मुख्य सचेतक हटाउँदै अर्को राख्ने दुवै कदम फिर्ता लिनुपर्नेमा जोड दिएका छन् ।
दुवै अध्यक्ष आ आफ्ना अडानहरुमा टसमस देखिएपछि विवाद समाधानको बाटोमा जान नसकेको स्रोतले जनाएको छ ।
गत असोज २५ गते नेकपाकै १८ जना सांसदहरुले प्रदेश मुख्यमन्त्री शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै एकाएक तातेको नेकपाको राजनीति छलफलका लागि दुवै पक्षलाई काठमाडौं बोलाएसँगै केही मत्थर देखिएको थियो । मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरि नयाँ नियुक्ती गरेका थिए ।
अध्यक्षद्वयले प्रदेशको पार्टी विवाद समाधानका लागि प्रदेशका पार्टी सहइन्चार्ज यामलाल कँडेल, निलम्बित सचेतक शाहसहित त्यहाँको पार्टी नेतृत्व २९ गते काठमाडौं आइ केन्द्रीय नेताहरुसँग छलफलमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया