सभापति देउवालाई गगन थापाको आग्रह- ‘भागेको सरकारलाई तानेर संसदमा ल्याऔँ’

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासमक्ष संसदको बैठक बोलाउन दवाद दिन आग्रह गरेका छन् । सांसद थापाले सरकार संसदबाट भागेको भन्दै तानेर संसद ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

थापाले सभापति देउवासमक्ष कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र प्रतिपक्षीको भूमीका पूरा नहुनेमा बताएका छन् । उनले भने, ”सभापतिज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन। संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।”

सरकारलाई पथभ्रष्ट र मतिभ्रष्टको संज्ञा दिँदै सांसद थापाले संसदको बैठक बस्न बाध्य बनाउनका लागि सदन र सडकको शक्ति एकिकृत गर्न सकेमा मात्र सच्याउन सकिने बताएका छन् ।

संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?